२२ जेठ २०८३, शुक्रबार

बलात्कारका आरोपी वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

बलात्कारका आरोपी वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुपक्र्षका लागि कारागार चलान गरिएको छ ।

 जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो ।

जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए ।

गत साउन १६ गते गाउँकै एक १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका रानाभाटलाई प्रहरीले जबरजस्तीकरणी शीर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको थियोे ।

प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभियोजनका लागि जिल्ला अदालतमा पेश भएकामा अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेपछि प्रहरीले रानाभाटलाई कारागार चलान गरेको हो ।

उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट चुनावमा उठेर वडाध्यक्षमा बिजयी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्