२२ असार २०८३, सोमबार

कोरोनाले थप १२ जनाको मृत्यु, मृत्युदर ०.५५%

कोरोनाले थप १२ जनाको मृत्यु, मृत्युदर ०.५५%

कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ९ पुरुष र ३ महिला गरी १२ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा पर्सा, काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जना तथा सिराहा, गोरखा, कास्की र पाल्पाका १/१ जना रहेका छन् । 

यससँगै हालसम्म मृत्यु हुनेको संख्या २०७ पुगेको प्रवक्ता गौतमले बताए । उनका अनुसार कोरोनाको मृत्युदर ०.५५% रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमले १० हजार ९७१ जनाको आरटी–पीसीआर परीक्षण गर्दा  २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमध्ये काठमाडौं उपत्यकामा १८६ संक्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौंमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ संक्रमित रहेका छन् ।

हाल सक्रिय संक्रमित १६ हजार ५७८ जना रहेकोमा होम आइसोलेसनमा ६ हजार ४४५ र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका प्रवक्ता गौतमले बताए । हालसम्म कूल २० हजार ५५५ संक्रमित डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुने प्रतिशत ५५% रहेको उनले बताए ।

हाल क्वारेन्टीनमा ८ हजार ३५ जना रहेका छन् । हाल गम्भीर अवस्थामा रहेका २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उनले बताए । सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका जिल्ला मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौहतट, सर्लाही, काठमाडौं र ललितपुर रहेका छन् । सक्रिय संक्रमण शून्य रहेका जिल्ला मुस्ताङ र हुम्ला रहेका प्रवक्ता गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्