
विदेशमा अलपत्र २ सय ६० नेपाली शनिबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सिङ्गापुरको सिल्क एयरले १ सय ४८ यात्रु काठमाडौँ ल्याएको छ।
त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट १ सय १२ यात्रु तथा एक शव नेपाल ल्याएको छ। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्।
थप नेपालीको उद्धारका लागि शनिबार राति नेपाल एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने क्वालालम्पुरबाट थप नेपाली ल्याउन त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ। हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट नेपाली ल्याउन शनिबार राति त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ।