
बंगलादेशमा कोभिड–१९ बाट सङ्क्रमितको संख्या तीन लाख ८ हजार नाघेको छ।
शनिबार थप दुई हजार १ सय ३१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ३ लाख ८ हजार ९ सय २५ पुगेको हो।
शनिबार थप ३२ कोरोना संक्रमितको ज्यान गएको छ। बंगलादेशमा हालसम्म चार हजार २ सय ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।
शनिबारसम्म एक लाख ९८ हजार ८६३ सङ्क्रमित उपचारपछि निको भइ घर फर्किएका पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार २७ रहेको महानिर्देशनालयले जनाएको छ।