०४ साउन २०८३, सोमबार

बलात्कार अभियोगमा ४ जना पक्राउ

बलात्कार अभियोगमा ४ जना पक्राउ

कैलाली, जानकी गाउँपालिका–९  खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

 उनले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको बताए।   

salt training

कमेन्ट गर्नुहोस्