२२ जेठ २०८३, शुक्रबार

‘अपहरणमा परे’ भन्दै नयाँ शक्तिका उम्मेदवारले गरेछन् यस्तो नाटक...

कात्तिक २०, २०७४
‘अपहरणमा परे’ भन्दै नयाँ शक्तिका उम्मेदवारले गरेछन् यस्तो नाटक...
काठमाडौं, २२ वैशाख – अपहरणमा परेका भनिएका नयाँ शक्तिका नेतालाई प्रहरीले फेला पारेको छ । उनी ललितपुरको गोदावारीमा फेला परेका हुन् ।

नागार्जुन नगरपालिका वडा नम्ब ७ मा नयाँशक्तिको तर्फबाट वडाअध्यक्षको उम्मेदवार रहेका मदन गीरी २० गते साँझ आफू अपहरणमा परेको भनेर आफन्त तथा नयाँ शक्तिका नेताहरूलाई एसएमएस पठाएका थिए ।
उनी शुक्रवार विहान ललितपुरको गोदावारीमा फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले बताए । जोशीका अनुसार उनलाई ललितपुरमा बाटोमा हिँडिरहेको अवस्थामा प्रहरीले सामान्य अवस्थामा फेला पारेको हो ।
उनले आफू अपहरणमा परेको बताएका थिए । अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रहरीले उनले अपहरणमा परेको नाटक गरेर सिम्प्याथी बोटुल्न खोजेको आशंका गरेको छ । जोशीले यसबारेमा केही पनि खुलाउन चाहेनन् ।

तर अनुसन्धानमा संलग्न एक जना डिएसपीका अनुसार उनले अपहरणको नाटक मात्रै गरेको अनुसन्धानले देखाएको छ । उनी गोदावारीमा सामान्य अवस्थामा फेला परेका थिए ।

तीन दिन सम्म अपरहरणमा परेको मान्छे हतासमा देखिनुपर्ने भएपनि उनमा त्यस्तो देखिएको छैन । उनी ढुक्क देखिन्छन् । उनलाई अपरहण गर्नेको कुनै उदेश्य हुने र सामान्यतया फिरौति माग्ने वा उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुपर्ने भएपनि त्यस्तो समेत नदेखिएको ती डिएसपीले बताए ।

गीरीले आफूलाई उम्मेदवारी फिर्ता लिन कसैले पनि आग्रह वा धम्की नदिएको उनले बताएका छन् । परिवारतर्फ बुझ्दा पनि कुनै धम्की वा आग्रह नआएको पारिवारीक श्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्