
तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिए ।
उक्त घटनाको विषयमा उनका आफन्तलाई खबर गरिसकिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जंगी अड्डाले जनाएको छ ।