०९ साउन २०८३, शनिबार

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ ले गुमाए ज्यान

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ ले गुमाए ज्यान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या १४ रहेको बताएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेको बताए ।

डा. गौतममा अनुसार मृत्यु हुनेमा सुनसरी, बारा, महोत्तरी र काठमाडौँका क्रमश ७४, ४७, ६२ र ७२ वर्षीया महिला रहेका छन् ।

त्यस्तै सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय दुई पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय दुई पुरुष र रौतहटका ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

डा. गौतमले हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्