२७ असार २०८३, शनिबार

गोरखामा भोलिदेखि निषेधाज्ञा हटने, सार्वजनिक यातायात नखुल्ने

गोरखामा भोलिदेखि निषेधाज्ञा हटने, सार्वजनिक यातायात नखुल्ने
फाइल फोटो।

गोरखामा सोमबारदेखि निषेधाज्ञा हट्ने भएको छ।

कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको आइतबारको बैठकले भदौ १ गतेदेखिको निधेषाज्ञा हटाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अनुसार बैठकले जिल्लाभित्र आन्तरिकरुपमा व्यक्तिगत प्रयोजनका लागि निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ। 

‘जिल्ला भित्रै निजी सवारी साधन आफ्नै प्रयोजनका लागि चल्न पाउनेछन्,’ उनले भने, ‘तर त्यस्ता सवारी साधनमा चालकसहित तीन जनाभन्दा बढी यात्रु चढ्न पाइने छैन।’

 जिल्लाभित्र होटल, ब्यूटीपार्लर, शैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सोमबारदेखि सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।
भट्टराईले जिल्लाभित्र सार्वजनिक यातायात भने तत्काल सञ्चालन गर्न दिने अवस्था नरहेको बताए।

जिल्लाभित्र अत्यधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराई बताए।

salt training

कमेन्ट गर्नुहोस्