
लेबननका अग्रणी राजनीतिकर्मी तया पूर्वप्रधानमन्त्रीसाद अल–हरिरीले मुस्तफा अदिबलाई देशको आगामी प्रधानमन्त्री बनाउनका लागि औपचारिक परामर्श बैठकका नामांकित गरेको उक्त देशका प्रमुख सञ्चारमाध्यमले लेखेका छन् ।
अदिब अहिले जर्मनीका लागि लेबननका राजदूत छन् ।
राष्ट्रपति मिशेल आयोनसँगको बैठकपछि हरिरीले नयाँ सरकार छिट्टै गठन गरिने र विशेषज्ञहरूलाई मन्त्री बनाइने बताए । नयाँ सरकारले बेरुतको पुनर्निर्माण गर्नुपर्ने उनको भनाइ छ । २७ दिनअघि भएको भयानक
विस्फोटपछि बेरुत अहिले अस्तव्यस्त छ ।
रोयटर्सबाट