१९ असार २०८३, शुक्रबार

भारतबाट थप ८० मेगावाट बिजुली ल्याउने सम्झौता

कात्तिक २०, २०७४
भारतबाट थप ८० मेगावाट बिजुली ल्याउने सम्झौता
काठमाडौं, ९ पुस-हिउँदको लोडसेडिङ कम गर्न ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १७ पुसबाट एक सय २० मेगावाट बिजुली आउने भएको छ । त्यहाँबाट अहिले ८० मेगावाट आयात भइरहेको छ, आजको नयाँ पत्रिकामा खबर छ ।kulman-1-samjhauta_1
नेपालतर्फको प्रसारण लाइनको पूर्वाधार तयार नभइसकेकाले १७ पुसदेखि १८ माघसम्म अहिले आयात भइरहेको ८० र थप ४० मेगावाट आयात हुने प्राधिकरणले जनाएको छ । ‘त्यस अवधिमा खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण सकिन्छ, त्यसपछि १७ जेठसम्ममा हाम्रो संरचनागत क्षमताले भ्याएअनुसार एक सय ६० मेगावाटसम्म बिजुली आयात हुनेछ,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने ।
नेपाल विद्युत् प्राधिकरण र भारतीय एनटिपिसी विद्युत् व्यापार निगमबीच अहिले आइरहेको ८० मेगावाटको नविकरण र थप ८० सहित १ एक सय ६० मेगावाटको पूरक विदुत खरिद–बिक्री सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । पिपिएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बिहीबार हस्ताक्षर गरेका छन् । पिपिएअनुसार प्राधिकरणले १७ जेठसम्म बिजुली ल्याउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्