
गत साउन ३० गते बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ ।
थप तीन जनाको शव सोमवार भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन् ।
यसअघि ३३ जनाको शव भेटिएको थियो । दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आज प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो । हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।