०७ असार २०८३, आइतबार

रथयात्रा विवादमा पक्राउ परेका ७ जना छुटे, १० जना हिरासतमै

भदौ २२, २०७७
रथयात्रा विवादमा पक्राउ परेका ७ जना छुटे, १० जना हिरासतमै

गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका  ७ जना सोमबार रिहा भएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए।  

यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको  विवादमा पक्राउ परेका २० मध्ये ती रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए। उनले भने, ‘हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ । तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ। ती १७ मध्ये आज छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले आज उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हौं।’

यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ। 

रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै सोमबार केहीले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्