२८ जेठ २०८३, बिहीबार

फ्रान्समा घोडाहरूको हत्या गर्दै हिँड्ने व्यक्ति पक्राउ

भदौ २३, २०७७
फ्रान्समा घोडाहरूको हत्या गर्दै हिँड्ने व्यक्ति पक्राउ

फ्रान्समा केही समयदेखि घोडाहरूको वीभत्स हत्या गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

जर्मनीसँगको सीमामा घोडाहरू मार्ने ५० वर्षीय ती व्यक्तिलाई एक घोडामालिकले लखेटेका थिए । उनैले दिएको स्केचको आधारमा प्रहरीले हत्यारालाई पक्राउ गरेको हो । 

घोडाहरू मार्दै हिँड्ने दुईमध्ये एक व्यक्ति उनै भएको योन्नेका क्षेत्रीय अभियोजनकर्ता अर्नाउ लाराइजले बताए । 

फ्रान्समा २० भन्दा बढी घोडाको कान काटिएको थियो । वीभत्स आक्रमणमा परी तीमध्ये अनेकौं घोडा मारिएका थिए । 

देशका विभिन्न भागमा अनेकौं आक्रमणकारीहरू घुमिरहेको देखिए पनि उनीहरूले कुनै काला जादूका लागि वा देखासिकी आक्रमणका लागि वा सामाजिक सञ्जालमा चुनौती दिने हिसाबमा यस्तो आक्रमण गरेका हुन् भन्ने स्पष्ट छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्