×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव : यात्रु ठग्ने बस व्यवसायी प्रहरी नियन्त्रणमा

भदौ २३, २०७७

NTC
Premier Steels

सोमवार लोकान्तरमा ‘कर्णालीमा निर्बाध चल्दैछन् ‘ठग यातायात’ : यात्रुबाट टिकट विनै ५ हजारसम्म भाडा असुली’ शीर्षकमा समाचार प्रकाशित भएको २ घण्टामा नै जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

Muktinath Bank

केही व्यक्तिको पास देखाउने अनि अन्य यात्रुबाट मनग्यै पैसा असुल्दै यात्रा गराउने गिरोह मध्येबाट प्रहरीले एउटा कालो नम्बर प्लेटको फोर्स गाडी र अर्को स्कार्पियो नियन्त्रणमा लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भे१झ८६८ नम्बरको फोर्स गाडी वीरेन्द्रनगरको कपासेबाट नियन्त्रणमा लिइएको थियो भने भे१च २१३८ नम्बरको स्कार्पियो बराहतालको बड्डिचौरबाट नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए । उनका अनुसार गाडीमा पास बोकेका थोरै यात्रु र पास नभएका धेरै यात्रुलाई अन्य जिल्ला पुर्‍याउन लागिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।


Advertisment
Nabil box
Kumari

गाडी नियन्त्रणमा लिइसकेपछि यात्रुको गाडी भाडा फिर्ता गरिएको र आगामी दिनमा यसरी नचलाउने शर्तमा गाडी छाडिएको उनले बताए ।

Vianet communication

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यात्रु ठग्ने, अनुमति विना अन्य जिल्ला जाने र कालो धन्दा गर्ने जो कोहीलाई पनि कारवाही गर्न पछि नपर्ने बताए । ‘लोकान्तरमा समाचार आएलगत्तै हामीले टोली परिचालन गरेका थियौं,’ उनले भने, ‘२ गाडी मात्रै फेला परेका छन् । पहिलो पटक भएका कारण गल्ती नदोहोर्‍याउने शर्तमा छोडेका छौं । आगामी दिनमा कोही कसैले यस्तो गरेको भेटिएको खण्डमा कडा कारवाही गर्ने तयारी गरेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x