२३ जेठ २०८३, शनिबार

कोरोना पोजिटिभ देखिएपछि शशांकले भने – मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन

कोरोना पोजिटिभ देखिएपछि शशांकले भने – मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै डा. कोइरालाले आफूलाई संक्रमण पुष्टि भएपनि स्वास्थ्य समस्या केही नभएको बताएका हुन् ।

‘आज गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ,’ उनले लेखेका छन्, ‘हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन ।’

उनले आफू चिकित्सकहरुको सल्लाह अनुसार हाल होमे आइसोलेसनमा बसेको बताए । ‘मसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्