
बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन्।
भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरण लागुऔषध लेनदेन विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।
सुशान्त मृत्यु प्रकरणबारे सीबीआई, आर्थिक मामिला प्रवर्तन निर्देशनालय (ईडी) र लागुऔषधसँग सम्बन्धित विषय एनसीबीले अनुसन्धान गरिरहेको छ।
एनसीबीले रियाका भाइ सोविकलाई यसअघि नै पक्राउ गरिसकेको छ। रियाको गिरफ्तारकिो पुष्टि न्यूज एजेन्सी एएनआईले गरेको छ।