इरानको सेनाले होर्मुज जलसन्धि नजिक बिहीवारबाट तीनदिवसीय अभ्यास शुरू गरेको त्यहाँको सरकारी टेलिभिजनले खबर दिएको छ ।
जलसेना र वायुसेनाका साथै स्थलसेना पनि लगभग २० लाख वर्ग किलोमिटर क्षेत्रमा अभ्यास गरिरहेका छन् । सरकारी टीभीले अभ्यासमा इरानी पनडुब्बी र ड्रोनहरू तैनाथ गरिएको बतायो ।
वार्षिक अभ्यास कार्यक्रमको नाम जोल्फागार–९९ हो र त्यसका कमान्डर एडमिरल हबीबोल्लाह सय्यारीले विदेशी जोखिम तथा सम्भाव्य आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहन यो अभ्यास गरिएको बताए ।
सय्यारीको टिप्पणीले इरान र अमेरिकाबीचको तनावको स्थितिमा सैन्य भिडन्तको जोखमलाई इंगित गरेको हो ।
अमेरिकाले इरानविरुद्ध लगाइएको हातहतियार बिक्रीको प्रतिबन्ध कायम राख्न खोजेको छ ।