
काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा केही खुकुलो भएको छ तर कोरोना संक्रमितको संख्या भने कम भएको छैन ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ सय ७३ संक्रमित भेटिएका छन् । बिहीवार नियमित प्रेस ब्रिफिंङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा ५ सय ७३ संक्रमित बहेको बताएका हुन् ।
उनका अनुसार काठमाडौँ जिल्लामा ४ सय ९५, भक्तपुर जिल्लामा ३५ र ललितपुर जिल्लामा ४३ संक्रमित भेटिएका छन् ।