२८ जेठ २०८३, बिहीबार

रुसमा किन जम्मा हुँदैछन् ८ देशका विदेशमन्त्रीहरू ?

रुसमा किन जम्मा हुँदैछन् ८ देशका विदेशमन्त्रीहरू ?

‘सांघाई कोअपरेसन अर्गनाइजेसन ९एससीओ’ मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् ।

सांघाई कोअपरेसन अर्गनाइजेसन ९एससीओ० का विदेश मन्त्रीहरूको बैठकका लागि उनीहरु त्यहाँ जम्मा भएका हुन् । यसै क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुबीच आपसी र द्धिपक्षीय भेटवार्ता पनि हुने भएको छ ।

हाल सो संगठनमा चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गीस्तान, ताजकिस्तान, उज्बेकिस्तान सदस्य रहेका छन् ।

भारत र पाकिस्तान पनि सो संगठनमा सन् २०१७ देखि सदस्य भएका हुन् । यस बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर र उनका पाकिस्तानी समकक्षी साह मोहम्मद कुरेसी पनि सहभागी भएका छन् ।

विदेशमन्त्रीहरुको यस बैठकको पूर्वसन्ध्यामा बिहीबार त्यहाँ भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने भएका छन् ।

यहाँ सहभागी विभिन्न देशका विदेशमन्त्रीहरुबीच द्धिपक्षीय मस्कोमा भेटवार्ता गर्ने भएको पनि समाचारमा जनाइएको छ ।

मस्कोमा बिहीबार भारतका विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता हुने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारत र चीनका बीचमा पछिल्लो समयमा सीमा विवाद चर्किदै गइरहेका बेला विदेश मन्त्रीहरूका बीचमा हुन लागेको यस भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्