२३ जेठ २०८३, शनिबार

उपचारका क्रममा वडाध्यक्षको निधन

उपचारका क्रममा वडाध्यक्षको निधन

हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ ।

वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए। 

वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उहाँको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन । आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्