
विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूवात गरेको छ र जसले नेपालमा भुक्तानी सुरक्षाको दिशानिर्देशित गर्दछ ।
भिजा सुरक्षा रोडम्याप (‘द रोडम्याप’) शुरुवात गर्दै एसिया प्यासिफिकका जोखिम प्रमुख जो कनिङ्गहमले भने, “विश्वव्यापी महामारीले गर्दा अधिक उपभोक्ताहरू र व्यवसायहरूलाई डिजिटल व्यवसाय अपनाउन प्रेरित गरेको छ । जब व्यक्ति पहिलो पटक डिजिटल भुक्तानी गर्न प्रयास गर्छन्, चाहे यो अनलाइन खरीदहरूको लागि भुक्तानी गरिरहेको होस वा पसलमा नगइकन कार्डले भुक्तानी गर्दैछ, भुक्तानी सजिलो छिटो र सुरक्षित भन्ने अनुभव महत्त्वपूर्ण छ । भुक्तानी सुरक्षा भिजाको सर्वोच्च प्राथमिकता हो र सम्बन्धित संस्थाका लागि साझा लक्ष्यहरूको निर्धारण हुनु डिजिटल भुक्तानीमा दीर्घकालीन विश्वास निर्माण गर्न मद्दतको लागि महत्त्वपूर्ण छ ।”
विश्वव्यापी रूपमा, भिजाले सफलतापूर्वक आर्टिफिशियल इंटेलिजेंस (एआई) प्रयोग गरे र वार्षिक २५ अर्ब अमेरिकी डलरको ठगी रोकेको छ, जसले विश्वव्यापी भुक्तानी इकोसिस्टमलाई खुद्राविक्रेता र उपभोक्ताहरूको लागि सुरक्षित बनाएको छ । यसले मानव इंटेलिजेंस र टेक्नोलोजीमा लगानीको बहु–स्तरयुक्त दृष्टिकोणबाट विश्वव्यापी ठगी दरहरू ऐतिहासिक ०.१ प्रतिशत भन्दा कम राखेको छ स उपकरण, संसाधन र जोखिम प्रबन्ध गर्नको लागी नियन्त्रणको साथ उपभोक्ता र ग्राहकहरुलाई सशक्त स र व्यवसायीहरू र नियामकहरू ढुक्क रहन मद्दत गर्दछ ।
यस शुरूवातको बारे मा टिप्पणी गर्दै भिजाका भारत र दक्षिण एशियाका ग्रुप कन्ट्री म्यानेजर टी आर रामाचंद्रनले भने, 'उपभोक्ता तथा भुक्तानी डेटाको सुरक्षा सधैं भिजाका लागि सर्वोच्च प्राथमिकता रहेको छ । यो विश्वासका साथ जब नयाँ उपभोक्ता र व्यवसाय डिजिटल भुक्तानी तर्फ उन्मुख हुने बेलामा भुक्तानी नेटवर्क, उपभोक्ताहरू, बैंकहरू र सरकार बिच एक साझा जिम्मेवारी हुन्छ । नयाँ प्रविधीले भुक्तानीका लागि नयाँ तरिकाहरू प्रदान गर्दछ साथै नयाँ–नयाँ जोखिमहरू ल्याउँछ र ठगी भन्दा अगाडि रहनको लागि हामीले मिलेर काम गर्नु पर्दछ र सुरक्षामा लगानी गर्नुपर्दछ, जस्तो हामीले नवीनता प्रविधी र उपभोक्ता अनुभवमा लगानी गर्दछौं ।'
सुरक्षा रोडम्यापका विशेषताहरुः
● डाटाको अवमूल्यन इको सिस्टमबाट संवेदनशील भुक्तानी डाटा हटाएर वा चोरीएका खाताका विवरणहरू हटाएर
● डाटाको सुरक्षा डाटाको साथसाथै खाता विवरणहरू सेफगार्ड्स लागू गरी व्यक्तिगत तथा खाता विवरण सुरक्षित गरेर
● डाटा कन्ट्रोल राम्रो लेनदेनको मंजूरीमा विश्वास वृद्वि गर्न सम्भावित ठगी हुनुभन्दा पहिले ठगी पहिचान गरेर
● सशक्तिकरण बनाउदै खातावालाहरू र व्यापारीहरू सहित सबैलाई, भुक्तान सुरक्षित गर्नमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने