
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ् तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा ६ सय ढट जनामा कोरोना संक्रमण पाइएको हो ।
मन्त्रालयका अनुसार, काठमाडौंमा ६ सय २०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जनामा कोरोना संक्रमण पाइएको छ ।
पछिल्लो २४ घन्टामा मुलुकभर १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर हालसम्म ५१ हजार ९ सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।