२३ जेठ २०८३, शनिबार

बालिका बलात्कार अभियोगमा एक पक्राउ

बालिका बलात्कार अभियोगमा एक पक्राउ

धादिङ जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए ।

बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्