२४ जेठ २०८३, आइतबार

कृषिजन्य सामग्री गाउँपालिकाले खरिद गरिदिने

भदौ २७, २०७७
कृषिजन्य सामग्री गाउँपालिकाले खरिद गरिदिने
प्रतिकात्मक तस्वीर

गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ ।

गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । 

गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री संकलन गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । 

महिला समूहले बनाएका मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको मस्यौरा प्रतिकिलो ३८० रुपैयाँमा खरिद गरिदिने भएको छ । मूलाको सिन्की (गुन्द्रुक) प्रतिकिलो ४०० रुपैयाँ मूला सुकाएको चाना प्रतिकिलो ६० रुपैयाँ, बेसार सुकाएको चाना प्रतिकिलो २८५ रुपैयाँ, कोदो प्रतिकेजी ३७ रुपैयाँमा खरिद गरिदिने गाउँपालिकाले जनाएको छ ।

बोडी प्रतिकिलो १५० रुपैयाँ, ग्रेडिङ गरेको मकै ४० रुपैयाँ, खैरो भटमास र सेतो भटमासका लागि ७०/७० रुपैयाँ तथा खैरो गहतका लागि ९० रुपैयाँ गाउँपालिकाले मूल्य तोकेको छ । संकलन गरिएका सामग्री सम्झौता गरेको संस्थाले बुटवल लैजाने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्