
कोरोना भाइरस संक्रमणले देशभर थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मृतकमध्ये ३ महिला र ११ पुरुष रहेका छन् ।
कोरानाले सुनसरीमा १ जना, पर्सामा १ जना, काठमाडौंमा ३ जना, भक्तपुरमा २ जना, चितवनमा १ जना, तनहुँमा १ जना, स्याङ्जामा १ जना, गोरखामा १ जना, कास्कीमा १ जना र रुपन्देहीमा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा राजधानी काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवरण सार्वजनिक गर्दै उपत्यकामा ४३१ संक्रमित थपिएको जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७७, ललितपुर जिल्लामा ३७ र भक्तपुर जिल्लामा १७ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १ हजार २०१ संक्रमित थपिएका जानकारी दिए ।
पछिल्लो विवरण अनुसार १० हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
शनिवार देशभर १५ हजार २६० जना सक्रिय संक्रमित रहेकोमा संस्थागत आइसोलेसनमा ९ हजार १०७ र होम आइसोलेसनमा ६ हजार १५३ संक्रमित रहेका प्रवक्ता गौतमले बताए ।
देशभर क्वारेन्टीनमा ६ हजार ३५४ जना रहेका छन् भने कोरोना संक्रमणमुक्त दर ७०.६% रहेको प्रवक्ता गौतमले बताए ।