२८ जेठ २०८३, बिहीबार

स्यानिटाइजरमा विशाक्त रसायन प्रयोग गर्ने पाँच उद्योग कारबाहीमा

स्यानिटाइजरमा विशाक्त रसायन प्रयोग गर्ने पाँच उद्योग कारबाहीमा
प्रतिकार्यात्मक तस्वीर

मापदण्डविपरीत विषाक्त मिथानोल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको आरोपमा औषधि व्यवस्था विभागले ५ उद्योगलाई कारबाही गरेको छ।

राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट स्यानिटाइजरमा विषाक्त रसायन फेला  परेपछि विभागले काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगलाईकारबाही गरेको हो। प

हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ’इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ’एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ’इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ’सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको हो ।

ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह समेत गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्