
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको भीरखर्कमा भीषण पहिरो गएको छ ।
गाउँमा गएको पहिरोका कारण हालसम्म ७ घर पुरिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले लोकान्तरलाई जानकारी दिए ।
घटनाबारे बिहान ५ः ३० बजेमात्रै जानकारी आएको उनको भनाइ छ ।
उनले भने, पहिरो आएको जानकारी पाएर बाह्रबिसेबाट इन्स्पेक्टरको कमान्डमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
पहिरोमा परी २० जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको उनले बताए ।
घटनाको विस्तृत विवरण आउँन बाँकी छ । 


तस्बीर सबै : युधिर पौडेलको फेसबूक