२८ जेठ २०८३, बिहीबार

सिन्धुपाल्चोकमा भीषण पहिरो : हेर्नुहोस् ७ तस्वीर

सिन्धुपाल्चोकमा भीषण पहिरो : हेर्नुहोस् ७ तस्वीर

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका विभन्न ठाउँमा भीषण पहिरो गएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव प्रसाद काफ्लेले लोकान्तरलाई जानकारी दिए । 

यता, नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार वडा नम्बर ७ नागपुजेमा  ८ घर पुरिएको छ । लोकान्तरसँग उनले भनिन्, अहिलेसम्म ८ घर पुरिएको जानकारी आएको छ भने १५ जना बेपत्ता भएको स्थानीयले बताएका छन् ।

भीरखर्कमा पहिरोका कारण ३ जनाको मृत्यु भएको छ । 

नजिकका गाउँ पुरै विस्थापित भएको उनले जनाएकी छन् । 'नजिकको  बस्ती पुरै  विस्थापित भएको छ भने डाँडागाउँ पनि बिस्थापित भएको छ', उनले भनिन् । 

तस्वीरहरु

तस्बीरहरू बजिरसिंह भण्डारी,फेसबूक

तस्बीरहरू : युधिर पौडेल, फेसबूक

salt training

कमेन्ट गर्नुहोस्