३१ असार २०८३, बुधबार

नेपाल-भारत महिला मैत्री समाजको पहलमा बाढीपहिरो पीडितका लागि दूतावासले उपलब्ध गरायो राहत

नेपाल-भारत महिला मैत्री समाजको पहलमा बाढीपहिरो पीडितका लागि दूतावासले उपलब्ध गरायो राहत

यस वर्षको मनसुन तथा बाढीपहिरोबाट पीडितका लागि भारतीय दूतावासले टेन्ट तथा प्लास्टिक सीट उपलब्ध गराएको छ ।

नेपाल-भारत महिला मैत्री समाजको पहलमा दूतावासले ५ सय थान टेन्ट र ८ सय थान प्लास्टिक सीट उपलब्ध गराएको हो ।

राहत सामग्री भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले प्रतिनिधिसभा सदस्य समेत रहेकी नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई हस्तान्तरण गरेकी हुन् ।

 

ती सामग्री सिन्धुपाल्चोकको जुगल गाउँपालिका, भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिका, कैलालीको चुरे गाउँपालिका र गोदावरी नगरपालिका, नवलपरासी पूर्वको प्रतापपुर र सरावल गाउँपालिका, सर्लाहीको बरहथवा नगरपालिका र बसबरिया गाउँपालिका तथा महोत्तरीको जलेश्वर नगरपालिका र मटिहानी नगरपालिकाका ५०० विस्थापित परिवारलाई वितरण गरिने नेपाल-भारत महिला मैत्री समाजले विज्ञप्तिमार्फत जनाएको छ ।

टेन्ट १६ फिट, ९ फिट चौडाइ र  ६.५ फिट उचाइको छ ।

सांसद चौधरी नेतृत्वको समाजले समाजसेवाका विभिन्न कामहरू गर्दै आएको छ ।

यसैबीच, नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले आइतबार नै सिन्धुपाल्चोक जिल्ला पुगी त्यहाँका बाढी पहिरो पीडितलाई राहत सामग्री स्थानीय प्रशासन र स्थानीय सरकारमार्फत हस्तान्तरण गरेकी छन्।

सिन्धुपाल्चोकका स्थानीय सरकारका प्रतिनिधि र स्थानीय प्रशासनको समन्वय एवं उपस्थितिमा सांसद समेत रहेकी समाजकी अध्यक्ष चौधरीले उक्त सामग्रीहरू हस्तान्तरण गरेकी हुन्।

हेरौं अध्यक्ष चौधरीले सिन्धुपाल्चोक पुगी हस्तान्तरण गरेका सामग्रीका तस्वीरहरू

salt training

कमेन्ट गर्नुहोस्