१३ असार २०८३, शनिबार

संघीय गठबन्धनमा भाँडभैलो

कात्तिक २०, २०७४
संघीय गठबन्धनमा भाँडभैलो
काठमाडौँ, २४ वैशाख राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सङ्घीय गठबन्धनको संयोजकबाट सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हटाएर महन्थ ठाकुरलाई बनाएको छ ।upendra
राजपाको कार्यालयमा शनिबार बसेको गठबन्धनको बैठकले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पहिलो चरणको चुनावमा भाग लिएर मधेसी मोर्चा तथा गठबन्धनलाई धोका दिएको निष्कर्ष निकाल्दै उनलाई संयोजकबाट हटाइएको हो । राजपा नेपालका नेता रामनरेश यादवले भने , ‘अध्यक्ष यादव चुनावमा जाँदा न गठबन्धनमा छलफल गर्नुभयो, न मधेसी मोर्चामा छलफल गर्नुभयो । त्यही भएर उहाँलाई कारवाही गरिएको हो । ’
उपेन्द्र यादवले चुनावमा भाग लिएको भन्दै राजपाले मधेसी मोर्चाको औचित्य समाप्त भएको घोषणा वैशाख १९ गते नै गरेको थियो । मधेसी, थारु, आदिवासी–जनजाति, शिल्पी (दलित), मुस्लिम उत्पीडितलगायत समुदायको मुद्दा विसर्जन गर्दै संविधान संशोधन नै नगरी निर्वाचनमा सहभागी भएको हुँदा अध्यक्ष यादवलाई संयोजकबाट हटाइएको राजपाका नेता केशव झाले जानकारी दिए ।
राजपाको कार्यालयमा भएको छलफलमा गठबन्धनमा राजपासहित सङ्घीय लिम्बुवान पार्टी नेपाल, सङ्घीय लिम्बुवान मञ्च नेपाल, आदिवासी जनजाति पार्टी नेपाल, किराँत राज्य सङ्घर्ष समिति, समाजिक लोकतान्त्रिक पार्टी, नेपाः राष्ट्रिय पार्टी, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, खसाङ राष्ट्रिय सङ्घर्ष समिति, ताम्सालिङ संयुक्त सङ्घर्ष समितिको सहभागिता रहेको नेता झाले दावी दिए ।

salt training

कमेन्ट गर्नुहोस्