१३ असार २०८३, शनिबार

लोकमानलाई कालोमोसो दल्न सर्वोच्च प्रशासनकै संलग्नता !

कात्तिक २०, २०७४
लोकमानलाई कालोमोसो दल्न  सर्वोच्च  प्रशासनकै संलग्नता !
काठमाडौँ, ९ पुस - अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मुद्दामा कानुनी प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्च अदालत प्रशासनकै सलग्नतामा लोकमानमाथि हातपात भएको आरोप लगाएका छन् । आजको कान्तिपुरले खबर छापेको छ |lokman
लोकमानको मुद्दामाथि शुक्रबार पूर्ण इजलासमा बहस सुरु हुनासाथ न्यौपानेले बिहिबारको घटनाबारे ध्यानाकर्षण गराउँदै अदालतकै सुरक्षा व्यवस्थामा प्रश्न उठाए ।
‘उक्त घटनामा सर्वोच्च प्रशासनकै संलग्नताको आशंका भयो,’ उनले भने, ‘सर्वोच्च प्रशासनको अनुमति नभई उनीहरु कसरी भित्र छिरेर कसरी कालो मोसो दल्न पाए ?’ लोकमानमाथि हातपात गर्ने व्यक्तिहरु अदालतमा प्रवेश गर्नेदेखि कालोमोसो दल्नेसम्मका क्रियाकलापबारेमा अदालत प्रशासनले प्रतिवेदन तयार गर्नुपर्ने भन्दै उनले त्यसभन्दा अगाडी बहस गर्न उचित नहुने तर्क गरे ।

salt training

कमेन्ट गर्नुहोस्