
सरकारले डा. युवराज खतिवडा मन्त्रीस्तरीय सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्रीस्तरीय सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको जानकारी दिए ।
संघीय संसदको सदस्य नभएपनि बढीमा ६ महिना मन्त्री हुन सक्ने संवैधानिक प्रावधानका कारण खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
उनको राष्ट्रिय सभा सदस्यको कार्यकाल गत फागुन २० गतेसम्म मात्र थियो ।