०९ साउन २०८३, शनिबार

होटेल, रेस्टुरेन्ट र आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ने

होटेल, रेस्टुरेन्ट र आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ने

सरकारले असोज १ गतेबाट होटेल रेस्टुरेन्ट र आन्तरिक हवाई उडान दुवै संचालन गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलवार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारले रेस्टुरेन्ट र आन्तरिक हवाई उडान असोज १ गतेदेखि सुचारु गर्ने निर्णय भएको बताएका हुन् ।

तर रेस्टुरेन्ट र आन्तरिक हवाई उडान दुवैमा स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ । विमानमा सीट क्षमताको आधा यात्रु राख्नुपर्नेछ भने मास्क र फेस भाइजर अनिवार्य गरिएको छ ।

त्यस्तै लामो दूरीका यातायात पनि असोज १ गतेदेखि नै संचालनमा आउने निर्णय सरकारले गरेको छ ।

व्यवसायीले पहिलाको भाडादरमा ५० प्रतिशत थप गरेर भाडा लिन पाउने गरी निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्