०७ साउन २०८३, बिहीबार

सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले बढ्यो

सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले बढ्यो
फाइल फोटो

सरकारले थप ५० प्रतिशत भाडा लिन पाउने गरी असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। 

भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात समेत चलाउने निर्णय भएको जानकारी दिए।

यद्यपि, कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि जारी सुरक्षा मापदण्डको पालना गर्नुपर्नेछ। बसमा सिट क्षमताको आधा संख्यामा मात्र यात्रु राख्न पाइने छ। 

लामो दुरीको बस सेवा सञ्चालनको मापदण्ड बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई जिम्मेवारी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्