२४ असार २०८३, बुधबार

फ्रान्समा दोस्रो चरणको मतदान आज, म्याक्रों र ले पेनबीच प्रतिस्पर्धा

कात्तिक २०, २०७४
फ्रान्समा दोस्रो चरणको मतदान आज, म्याक्रों र ले पेनबीच प्रतिस्पर्धा

काठमाडौं, २४ वैशाख — फ्रान्सका मतदाताले आफ्नो आगामी राष्ट्रपति छनोटका लागि आइतवार मतदान गर्दैछन् ।


दोस्रो चरणको निर्वाचनमा मध्यमार्गी इम्मानुएल म्याक्रों र चरम दक्षिणपन्थी मरिन ले पेनका बीच भिडन्त हुँदैछ ।

फ्रान्सभन्दा बाहिर रहेका नागरिकहरूले मतदान शुरु गरिसकेका छन् ।

दिनभरिको मतदानपछि प्रारम्भिक नतिजाहरू आउन थाल्नेछन् ।

कुल ११ उम्मेदवारले पहिलो चरणको निर्वाचनमा भाग लिएका थिए । उनीहरूलाई हराउँदै म्याक्रों र ले पेन दोस्रो चरणमा भिड्दैछन् । दुवैको विश्वदृष्टि नितान्त फरक छ ।

उदारवादी मध्यमार्गी म्याक्रों व्यापारउन्मुख र युरोपेली संघका प्रखर समर्थक हुन् भने ले पेन चाहिँ फ्रान्सलाई प्राथमिकता दिनुपर्ने अनि आप्रवासीविरुद्ध कठोर नीति अपनाउनुपर्ने मान्यता राख्छिन् ।

उनी फ्रान्सले राष्ट्रिय अर्थतन्त्रमा युरोलाई परित्याग गर्नुपर्ने अनि फ्रान्सले युरोपेली संघको सदस्यता राखिराख्ने विषयमा जनमत संग्रह गर्नुपर्ने मान्यता राख्छिन् ।

धेरैजनाले म्याक्रों नै यो निर्वाचनमा विजयी हुने बताइरहेका छन् तर विश्लेषकहरूका अनुसार मत दिन नआउनेहरूको संख्या ठूलो भएमा उनलाई घाटा लाग्छ ।

युरोपको भविष्यसँग जोडिएकाले यो निर्वाचनलाई सबैले चासोका साथ हेरिरहेका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्