असोज महिनाको शुरुको दिन बिहीवार सुनको मूल्यमा गिरावट आएको छ ।
बिहीवार छापावाल सुन प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवारको तुलनामा यस दिन सुनको मूल्यमा ९ सय रुपैयाँको गिरावट आएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने यस्तो सुन प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधवार चाँदी प्रति तोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।