
कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
उनको सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएपछि देउवा पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
सचिवालयमै कोरोना संक्रमण पुष्टि भएपछि देउवा होम आइसोलेसनमा बसेका छन् ।
यसअघि कांग्रेस महामन्त्री डा. शशांक कोइरालामा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
डा. कोइराला ओम अस्पतालको आईसीयूमा उपचाररत छन् ।