१९ असार २०८३, शुक्रबार

घातक हतियारका लागि आमा शब्द प्रयोग गर्नु ठीक होइन : पोप फ्रान्सिस

कात्तिक २०, २०७४
घातक हतियारका लागि आमा शब्द प्रयोग गर्नु ठीक होइन : पोप फ्रान्सिस

काठमाडौं, २४ वैशाख — अमेरिकाले अफगानिस्तानमा गत महिना खसाएको सबै बमकी आमा (मदर अफ अल बम्ब्स) को शब्दावली चयनप्रति क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसले आपत्ति जनाएका छन् । एउटा घातक हतियारलाई वर्णन गर्न आमा शब्दको प्रयोग गरेको थाहा पाउँदा आफू लज्जान्वित भएको पोपले बताए ।


‘यस्तो नाम सुनेपछि मलाई लाज लाग्यो,’ पोपलाई उद्धृत गर्दै रोयटर्स बताउँछ । ‘आमाले त जीवन दिन्छिन् तर यसले त मृत्यु दिन्छ अनि हामीले यो हतियारलाई आमा भन्ने ? हैन, के भइरहेको छ ?’

अप्रिल महिनाको मध्यतिर अमेरिकी वायुसेनाले अफगानिस्तानको पूर्वी भागमा रहेको नानगरहार प्रान्तको सुरुङमाथि २१ हजार पाउन्डको बम खसालेको थियो । म्यासिभ अर्डनेन्स एयर ब्लास्ट बमलाई मदर अफ अल बम्ब्स भनी चिनिन्छ ।

पहिलोचोटि यो बम प्रयोग गरिएको थियो । बमले इस्लामिक स्टेटका साझेदारहरूलाई लक्षित गरेको थियो । अफगानी अधिकारीहरूका अनुसार विस्फोटमा ९४ जना लडाकुहरूको मृत्यु भएको थियो ।

यसअघि पोप फ्रान्सिसले अन्याय तथा अत्याचारको कठोर भारी बोक्न बाध्य व्यक्तिहरूको पीडाप्रति असंवेदनशील भएको भन्दै विश्व समुदायको आलोचना गरेका थिए ।

आरटीबाट

salt training

कमेन्ट गर्नुहोस्