×

के यसो गर्दा साँच्चै नै बढ्छ त आयु

असार २५, २०७८

स्वस्थ्य रहन कसलाई पो मन नहोला र ! सम्भोगको चरम सन्तुष्टिले पनि मानिसलाई स्वस्थ रहन अहं भूमिका खेलेको हुन्छ । स्वस्थ सम्भोगका क्रममा शरीरले अनेक प्रकारका हर्मोन रिलिज गर्छ, जसले मानिसलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ बनाउँछ । 

मनोविज्ञहरुका अनुसार सम्भोगले शरीरमा टेस्टोस्टेरोनको मात्रालाई बढाउँछ । जसले हाड, स्नायु तन्तुलाई फाइदा पुर्‍याउनुका साथै शरीरमा कोलेस्ट्रोलको आपूर्ति गर्छ । यौन शोधकर्ता डा बिभेर्लीका अनुसार सम्भोग गर्दा इन्र्डार्फिन्स तत्व सक्रिय हुन्छ, जसले प्राकृतिक रूपमा शरीरका दुखाइलाई निर्मूल पार्ने कामसमेत गर्छ । इन्डोर्फिन्स सक्रिय हुँदा टाउको दुख्ने, बाथ आदि रोगलाई निको बनाउँछ । नियमित सम्भोगले तनावसमेत कम गर्न भूमिका खेल्छ ।


Advertisment

मानिस सम्भोगको चरम अवस्थामा पुग्दा शरीरमा डिहाइड्रोइपियन ड्रोस्टेरोन नामक हर्मोन सक्रिय हुन्छ । यस्तो हर्मोन एड्रेनल ग्ल्यान्डबाट उत्पादन हुन्छ । जुन हर्मोनले रोग प्रतिरोधी क्षमता र हाडको विकासमा प्रत्यक्ष भूमिका खेल्छ । महिलाले भने सम्भोगका वेला अत्यधिक मात्रामा अक्सिटोसिन हर्मोन पैदा गर्छन् । यसले मुटुको प्रणाली, हड्डीको विकासमा प्रत्यक्ष फाइदा पुर्‍याउँछ । यस्ता हर्मोनले मुटुलाई स्वस्थ बनाउनुका साथै आयुसमेत बढाउने काम गर्छ ।
यसो त पुरुषको सम्भोग शैली माइक्रोवेभजस्तो हुन्छ । माइक्रोवेभ तुरुन्तै तात्ने हुन्छ । तर, महिलाको सम्भोग शैलीचाहिँ इलेक्ट्रिक ओभनजस्तो हुन्छ । इलेक्ट्रिक ओभनचाहिँ बिस्तारै तात्छ । पुरुषमा भएको टेस्टोस्टेरोन हर्मोनले जोस पैदा गर्छ । जब पुरुषको उमेर ढल्कन्छ, टेस्टोस्टेरोनको मात्रा पनि कम हुन्छ र उसमा जोस पनि कम हुँदै जान्छ । पुरुषको तुलनामा महिला बढी उमेरसम्म सम्भोगमा सक्रिय हुन सक्छन् ।


Advertisment

सम्भोगलाई त्यति हल्का ढंगले पनि लिनु हुँदैन । सम्भोगअघि महिला–पुरुषले एक–अर्काको मनोविज्ञानलाई बुझेर मात्र अगाडि बढ्नुपर्छ । पुरुष जब तनावमा हुन्छ त्यतिवेला सम्भोगमा उत्रन चाहन्छ । ऊ सम्भोग गरी तनाव विसर्जनको प्रयास गर्छ । महिलामा भने यसको ठीक विपरीत मानसिकता हुन्छ । उनीहरू तनाव, चिन्तामा कहिल्यै पनि सम्भोगमा सहभागी हुन चाहँदैनन् । 
 

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

असार ११, २०८१

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x