१४ असार २०८३, आइतबार

दिल्लीका निष्काशित मन्त्रीले लगाए सनसनीपूर्ण आरोप : ‘केजरीवालले घूस लिएको देखें’

कात्तिक २०, २०७४
दिल्लीका निष्काशित मन्त्रीले लगाए सनसनीपूर्ण आरोप : ‘केजरीवालले घूस लिएको देखें’

काठमाडौं, २४ वैशाख — दिल्ली सरकारका निष्काशित मन्त्री कपिल मिश्राले आइतवार आफ्ना सहकर्मी सत्येन्दर जैनले आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई दुई करोड घूस दिएको आफैंले देखेको सनसनीपूर्ण आरोप लगाएका छन् ।


मिश्राले दिल्लीको एन्टी करप्सन ब्युरो (एसीबी)लाई यसको तत्कालै जानकारी दिएको बताएका छन् । हिजो केजरीवाललाई भेट्न जाँदा आफूले एसीबीलाई जानकारी दिएको बताएका छन् । त्यसै कारणले गर्दा आफूलाई मन्त्रीपदबाट हटाइएको उनले बताए ।

‘अस्तिको दिन मैले केजरीवालको घरमा सत्येन्दर जैनले केजरीवाललाई दुई करोड भारु घूस दिएको आफ्नै आँखाले देखें,’ मिश्राले भने । जैन अहिले केजरीवाल सरकारमा स्वास्थ्य मन्त्री छन् ।

‘मैले उनलाई सोधें, यो केका लागि हो ? उनले उत्तर दिन चाहेनन् । त्यसपछि उनले भने, राजनीतिमा यस्ता कुरा भइरहन्छन् र यसका बारेमा पछि कुरा गरौंला,’ मिश्राले राजघाटमा आयोजित एक पत्रकार सम्मेलनमा बताए ।

मिश्राको पत्रकार सम्मेलनपछि पार्टीका अर्का नेता मनीष सिसोदियाले भने यस्ता आरोप अर्थहीन र उत्तर दिन अयोग्य रहेको प्रतिक्रिया दिए ।

मिश्रालाई पानीको वितरण र महसूलका विषयमा व्यवस्थापन मिलाउन नसकेको कारण निष्काशित गरिएको सिसोदियाले जोड दिए ।

द टाइम्स अफ इन्डियाबाट

salt training

कमेन्ट गर्नुहोस्