२२ असार २०८३, सोमबार

११  कैदीबन्दीले पाए कैद माफी

असोज ३, २०७७
११  कैदीबन्दीले पाए कैद माफी

संविधान दिवसका अवसरमा कास्की कारागारबाट विभिन्न मुद्धाका एक महिलासहित ११  कैदीबन्दी आज मुक्त भएका छन् । 

नेपाल सरकारको ५० प्रतिशत कैद समय भुक्तानी गरेका कैदीबन्दीलाई संविधान दिवसका अवसरमा बाँकी समय माफी दिने निर्णयअनुरुप उनीहरु मुक्त भएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए ।

उनका अनुसार सरकारले निश्चित कैद समय भुक्तान गरेका कैदीबन्दीलाई राष्ट्यि दिवस एवम् महत्वपूर्ण सन्दर्भका अवसरमा भुक्तानी गर्नुपर्ने बाँकी कैद समय  मिनाहा गर्ने गरेको छ । बाँकी कैद समय माफी हुनेमा कर्तव्य ज्यान मुद्दाका पाँच, सवारी ज्यानसम्वन्धी दुई, चोरी, आगलागी ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जवरजस्ती चोरीका एक महिलासहित एकएक जना गरेर ११  बन्दी मुक्त भएका हुन् ।

कार्यालय प्रमुख लामिछानेका अनुसार कास्की कारागारमा अब विभिन्न मुद्धाका नौ सय २४ कैदीबन्दी  छन् ।

salt training

कमेन्ट गर्नुहोस्