०६ असार २०८३, शनिबार

सुदूरपश्चिमः ८६ दशमलब ९३ प्रतिशत संक्रमित निको भए

असोज ३, २०७७
सुदूरपश्चिमः ८६ दशमलब ९३ प्रतिशत संक्रमित निको भए

सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड—१९का शङ्कास्पद ७६हजार ५२७ नमूना मध्ये छ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ ।  यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब ६१प्रतिशत हो । 
 प्रदेशमा निको हुने (डिस्चार्ज)दर ८६दशमलब ९३प्रतिशत छ । आजसम्म कूल सङ्क्रमित मध्ये पाँच हजार ७३१जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२हजार ५१७ मध्ये अहिलेसम्म परीक्षण दुई दशमलब ९९प्रतिशत अर्थात् ७६हजार ५२७जनाको नमूना परीक्षण गरिसकिएको छ ।
  यसै बीच पछिल्लो २४घण्टामा कैलाली,डडेलधुरा,दार्चुला,बझाङ,र बैतडी जिल्लाका गरी थप ३९ जनामा कोरोना सङक्रमणको पुष्टि भएको छ । प्रदेशमा पछिल्ला दिनमा सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । गएको २४घण्टामा थप ३२जनामा सक्रिय सङ्क्रमण देखिदा कूल सक्रिय सङ्क्रमित ८४९जना पुगेका छन् ।  कैलालीमा सबै भन्दा बढी ४४० जना सक्रिय सङ्क्रमित पुगेका छन् । यस्तै डोटीमा११९, बैतडी६७,अछाम ६६,बझाङ ६१, कञ्चनपुर४५,दार्चुला३० डडेलधुरा १२ र बाजुरामा नौ जना सक्रिय सङ्क्रमित पुगेका छन् । 
  सेती प्रादेशिक अस्पताल धनगढी,डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड—१९का शङ्कास्पद नमूनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत गत विहीबारबाट प्रयोगशाला सञ्चालनमा आएको छ । हाल सम्म कोरोना सङ्क्रमणवाट कारण कैलालीका सात,बझाङ र बाजुराका दुई÷दुई र अछाममा एक जना समेत १२ जनाको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्