२८ जेठ २०८३, बिहीबार

बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइयो

बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइयो


युएईको दुबईस्थित संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइएको छ। 

संविधान दिवसको अवसरमा आज साँझ नेपालको राष्ट्रिय झण्डा १ मिनेट झलमलाइएको हो। यस्तै अबुधाबीस्थित  एड्नोक हेट अफिस भवनमा पनि राष्ट्रिय झण्डा झलमलाइएको नेपाली दूतावास अबुधावीले जनाएकाे छ ।

नेपालको झण्डा हेर्न थुप्रै नेपालीहरु बुर्ज खलिफा र एड्नोक हेट अफिस भवन आवुधावी पुगेका थिए।  अघिल्लो वर्ष पनि बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइएको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्