
लकडाउनले एकातिर दैनिक हुने कमाईको बाटो बन्द । अर्कातिर खाद्यान्नको अभाव ।
यस्तो अवस्थामा धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला काठमाडौंमा मिलिजुली फ्याम्लीले हिमालयन बृद्राश्रममा सहयोग निशुल्क खाना खुवाउने तथा लत्ताकपडा वितरण अभियान सुरु भएको छ । लक डाउनका कारण दैनिक छाक टार्न नसक्नेहरुका लागि निशुल्क खाना तथा लत्ताकपडाको व्यवस्था मिलाइएको हो।
कोही पनि भोको र नाङ्गो नरहोस् भन्ने मान्यता राखेर काठमाडौँका विभिन्न ठाउँमा निशुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी राजन कँडेलले बताउँछन्। ‘लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय , वृद्धाश्रम तथा बिपन्न परिवारको पीडा र समस्यालाई आत्मसात गर्दै निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको हो’, उनले भने ।
यो समुह टिकटकमा निक्कै लोकप्रिय र सक्रिय रहँदै आएको छ।