
प्रदेश २ मा आइतबार ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै प्रदेशमा नयाँ ८२ जना कोरोना संक्रमित पनि थपिएका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १२ महिला र ७० पुरुषगरि कुल ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश–२ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।
२४ घण्टामा थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ४६ पुगेको छ ।