
सोमबारदेखि आन्तरिक उडान खुल्ने भएसँगै नेपाल एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छ ।
जसअनुसारकाठमाडौं–रुककुम–काठमाडौं, रुकुम–नेपालगन्ज–रुकुम आइतबार र बिहीबार, नेपालगन्ज–जुम्ला–नेपालगन्ज आइतबार, काठमाडौं–भोजपुर–काठमाडौं सोमबार, मंगलबार र शुक्रबार उडान हुनेछ ।
यस्तै नेपालगंज–बाजुरा–नेपालगन्ज बिहीबार, काठमाडौं–ताप्लेजुङ–काठमाडौं र काठमाडौं–खानीडाँडा–काठमाडौं शनिबार तथा बुधबार उडान हुने छ ।
निगमका अनुसारकाठमाडौं–दाङ–काठमाडौं सोमबार, बुधबार र शुक्रबार, काठमाडौं–फाप्लु–काठमाडौं आइबार र मंगलबार, काठमाडौं–थामखर्क–काठमाडौं बुधबार उडान हुनेछ ।