०३ साउन २०८३, आइतबार

काठमाडौंका मेयरका उम्मेदवार शाक्य भन्छन्, महानगरलाई समृद्ध, सुन्दर र जीवन्त बनाउँछु

कात्तिक २०, २०७४
काठमाडौंका  मेयरका उम्मेदवार शाक्य भन्छन्, महानगरलाई समृद्ध, सुन्दर र जीवन्त बनाउँछु

काठमाडौं, २४ वैशाख–नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाका लागि मेयरका उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले पार्टीले ल्याएको कार्ययोजनाअनुसार महानगरपालिकालाई नयाँ स्वरुप प्रदान गर्ने दाबी गरेका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा आफूले जित्ने बलियो आधार नै पार्टीको बलियो संगठन भएको दाबी गरे । उनले भने,‘मेरो जित्ने आधार भनेको नै पार्टीको संगठन हो, म स्वयम् पनि काठमाडौं महानगरपालिकामा नजिक भएर काम गरेको व्यक्ति हुँ, त्यस्तै एमालेले राष्ट्र र राष्ट्रियताको लागि जुन आफ्नो अडान लिएको छ, यो पनि मेरो जित्ने आधार हो, किनकी जनता अहिले एमालेको पक्षमा छन्।’

शाक्यले महानगरलाई २४ घन्टा खुला बनाउने वाातावरण आफूले बनाउने समेत दाबी गरे । उनले भने,‘काठमाडौँलाई पर्यटकीय आकर्षकको प्रमुख गन्तव्य बनाउँछु, महानगरलाई समृद्ध, सुन्दर र जीवन्त बनाउँछु।’

त्यस्तै उनले काठमाडौंमा देखिएका यातायात तथा फोहोरमैलाका समस्यालाई यथाशिघ्र चाँडो समाधान गर्ने समेत दाबी गरे । ०७२ को महाभुकम्पबाट ध्वस्त बनेका काठमाडौंका सम्पदाहरुको पूर्ननिर्माण गर्ने समेत उनले योजना सुनाए ।

त्यस्तै उनले निःशुल्क शिक्षा, स्वास्थ्यको सुविधा महानगरवासीहरुलाई प्रदान गर्ने उद्देश्यले महानगरको छुट्टै विश्वविद्यालय र अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । शाक्यले काठमाडौंमा ठूला–ठूला कार्यक्रम तथा सभा गर्नको लागि मेगा हल निर्माण गर्ने समेत विश्वास दिलाए । त्यस्तै अन्र्तराष्ट्रिय स्तरको खेलकुद स्टेडियम बनाउने समते प्रतिबद्धता शाक्यले जनाए ।

शाक्यले आफू निर्वाचित भए काठमाडौंलाई आधुनिकिकरण गर्ने जस्तो पार्क बनाउने, फ्रि–वाईफाईको व्यवस्था गर्ने, ई–लाईब्रेरीको सुविधा दिलाउने, सिसिटिभीको व्यवस्था गर्ने प्रतिबद्धता सार्वजनिक गरे ।

salt training

कमेन्ट गर्नुहोस्