२४ जेठ २०८३, आइतबार

१६ हजार ६१६ पुगे काठमाडौं उपत्यकामा संक्रमित, कुन जिल्लामा कति ?

१६ हजार ६१६ पुगे काठमाडौं उपत्यकामा संक्रमित, कुन जिल्लामा कति ?

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७६७ कोरोना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितमध्ये काठमाडौँका २३० महिला र ३७२ पुरुषसहित ६०२, ललितपुरका ३४ महिला र ३० पुरुषसहित ६४ तथा भक्तपुरका ४१ महिला र ६० पुरुषसहित १०१ जना रहेको स्वास्थय मन्त्रालयले जनाएको छ । 

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ पुगेको छ । 

मन्त्रालयका अनुसार काठमाडौँमा १३ हजार ६१६, ललितपुरमा एक हजार ५४८ तथा भक्तपुरमा एक हजार ४५२ जना कोरोना भाइरसबाट सङ्क्रमितको भएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्