
मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर– ४ वनसखण्डीमा माछा पोखरीमा ३ जनाको शव भेटिएको छ ।
स्थानीय रुद्र कटुवालको माछा पोखरी रेखदेख गर्ने ३५ वर्षीय सीता अधिकारी र उनका छोरीहरू १४ वर्षीया पवित्रा अधिकारी तथा ९ वर्षीय प्रितिका अधिकारीको शव पोखरीमा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
बिहान ११ बजेतिर माछालाई चारो हाल्न भनी गएका ३ जना साँझसम्म नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तत्काल घटनास्थलमा पुग्दा तीनै जनाको शव फेला परेको हो ।
घटनास्थललाई सिल गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।